काठमाडौं। प्रधानमन्त्री परिवर्तन भएपछि पहिलोपटक प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । करिब २ महिनादेखिको संवादहीनतालाई चिर्न उनीहरुबीच वार्ता हुन लागेको हो । यद्यपि वार्ताको मिति तय भइसकेको छैन ।
देउवाले संसदको नयाँ अधिवशेन बोलाउने तयारी गरेका छन् । संसदमा विवादस्पद मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) को सहयोग प्रस्ताव पारित गर्ने तथा संसदलाई निर्वाध ढंगले सञ्चालन गर्ने विषयमा दुई नेताबीच छलफल हुन लागेको हो । संसद कोलाए पनि एमालेले चल्न नदिने आशंका यतिबेला देउवाको छ ।
्
यद्यपि आगामी वार्ता एमसीसी पास गर्ने विषयमै बढी केन्द्रित रहनेछ । एनसीसीमा देउवा र ओलीको सहमति छ । तर, सत्तारुढ माओवादी केन्द्र लगायतका दलहरु यसको विपक्षमा छन् ।