काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको छ । कम्पनीले गत फागुन २२ गते हकप्रद शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो।
कम्पनीले अंिकत मुल्य १ सयमा ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले चुक्तापुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद ल्याउन लागेको हो। यो हकप्रद ल्याउने एजेण्डा कम्पनीको गत पुस २९ गतेसम्म छैटौँ वार्षिक साधारणसभाले पारित गरेको थियो।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ।