काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेका छन् । पुँजीबजारको विकासमा अवरोध गरेको भन्दै मन्त्रिपरिषद्ले नेपाल छानबिन प्रक्रिया अघि बढाएसँग उनी स्वतः निलम्बनमा परेका हुन् । बुधबारको मन्त्रिपरिष्द् बैठकले उनीमाथि छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो ।
अब सो समितिले ढुंगानालाई निर्दोष साबित नगरेसम्म उनी अध्यक्षको हैसियतले कुनै पनि काम गर्न नपाउने अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ । समितिले उनलाई दोषी ठहर्याए सरकारले उनलाई बर्खास्त गर्ने कानूनी बाटो समेत खुल्नेछ ।