images
images

तीन कम्पनीको शेयर नेप्सेमा सुचीकृत


  • 513
    SHARES
  • २०८० फाल्गुण २७ गते आइतबार

    तीन कम्पनीको शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । तीन कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्तको बोनस र अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    आइतबार नेपाल एसबिआई बैंकको ३.७५ प्रतिशत बोनस बापत ३७ लाख ९५ हजार २ सय ३५ कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ भने आरएसडिसी लघुवित्तको ८.६ प्रतिशत बोनस बापतको ७ लाख ४७ हजार ८ सय २८ कित्ता बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै, अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो। यो कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म आफ्ना शेयरधनीहरुलाई हकप्रद बिक्री खुला गरेको थियो । 

    हकप्रद निष्कासनका क्रममा संस्थापक समूहको पूरै शेयर बिक्री भए पनि सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर बिक्री भएको थिए। उक्त अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

     


    images
    images

    Logo