images
images

शिवरात्रिको दिन कैलाश मानसरोवर दर्शन गर्न नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट


  • 363
    SHARES
  • २०८० फाल्गुण २५ गते शुक्रबार

    शिवरात्रिको दिन कैलाश मानसरोवर दर्शन गर्न नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट

    काठमाडौं । महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि नेपालगञ्जबाट ६ वटा चार्टर्ड फ्लाइट भएको छ । चार्टर्ड फ्लाइट मार्फत करिब २ सय भारतीय पर्यटकहरूले कैलाश मानसरोवरको दुरदर्शन गरेका छन्र् ।

    श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् ।  शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नाले पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ । 

    पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । 

    कोभिड महामारी सुरू हुनु अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज  रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिसा दिन बन्द गर्दा नेपालगञ्ज रुट सुनसान बनेको थियो ।


    images
    images

    Logo