images
images

महिलालाई लक्षित गरि प्रभु क्यापिटलले ल्यायो प्रभु ऐश्वर्य योजना


  • 450
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    महिलालाई लक्षित गरि प्रभु क्यापिटलले ल्यायो प्रभु ऐश्वर्य योजना

    काठमाडौं । महिलालाई लक्षित गरि प्रभु क्यापिटलले ल्यायो प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ ।

    प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत सो योजना ल्याएको हो । 

    महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्दि«त गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो । 

    यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् ।  क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको  शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेकोे छ । 

    ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याईएको हो । यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था गरेको  छ । 

    त्यसै गरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ । यस योजनाको विस्तृत विवरण पाउनका लागी ग्राहकहरुले यस क्यापिटल अन्तर्गत पिएमएस हटलाइन् सपोर्ट नं ९८४००७६२०० तथा  ०१–५९७०२०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।


    images
    images

    Logo