काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ‘लक इन’ अवधि चैत २६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई २०७७ चैत २७ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
१ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर, १४ लाख ५० हजार कित्ता स्थानीयको सेयर र ५८ हजार कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।