images
images

माघसम्ममा बागमती प्रदेशको राजस्व संकलन लक्ष्यको ७३ प्रतिशतभन्दा बढी


  • 319
    SHARES
  • २०८० फाल्गुण २३ गते बुधबार

    माघसम्ममा बागमती प्रदेशको राजस्व संकलन लक्ष्यको ७३ प्रतिशतभन्दा बढी

    काठमाडौं । माघ मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०–०८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपैयाँ रहेकोमा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३.४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । 

    कार्यालयको माघ महिनाको मात्र ५७ करोड ६६ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९३.१८ प्रतिशत अर्थात् ५३ करोड ७३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

    कार्यालयले गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । राजस्व कार्यालयले आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

    कार्यालयले गत माघ महिनामा आयकर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा आयकरबापत ५६ करोड ७० लाख ८५ हजार, घर बहाल करबापत ९८ लाख २१ हजार, ब्याज कर पाँच करोड ५३ लाख, मूल्य अभिवृद्धि कर ६२ करोड ४१ लाख चार हजार, अन्तः शुल्क एक अर्ब ८८ करोड ३२ लाख ७१ हजार र स्वास्थ्य सेवा कर ३२ करोड ९१ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।


    images
    images

    Logo