images
images

संसदीय समितिमा खोजी भएको के हो 'लाल बाकस’ ?


  • 494
    SHARES
  • २०७८ भाद्र १६ गते बुधबार

    संसदीय समितिमा खोजी भएको के हो 'लाल बाकस’ ?

    काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिको मंगलबारको बैठकमा निकै चर्चा भएको विषय हो, लाल बाकस । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई बोलाएर सो बाकसका बारेमा जिज्ञासा राख्यो । सभापति रामनारायण बिडारीले तत्कालीन राजाका सचिव चीरन शम्शेर थापाले लाल बाबसको बारेमा कुरा गरेको भन्दै त्यसलाई तत्कालै खोज्नुपर्ने बताए । 

    तात्कालिन दरबारको सबैभन्दा गोप्य र सुरक्षित कागजातहरु राख्ने बाकस हो लाल बाकस । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छोड्ने क्रममा विभिन्न निकायले सामानको जिम्मा लिए । लाल बाकस’ पनि पुरातत्व विभाग मातहत राष्ट्रिय अभिलेखालयमा राख्न प्रमुखलाई खबर गरे तापनि बाकस भने नआएको बताइएको छ । तत्कालीन पुरातत्व विभाग र राष्ट्रिय अभिलेखालय प्रमुखलाई ‘लाल बाकस’ आउँदैछ, तयारी भएर बस्नु, त्यो भर्पाइ गर्नुपर्छ भनेर खबर गरिए पनि त्यो नआएको तत्कालीन प्रमुखले संसदीय समितिलाई जानकारी गराएका हुन् ।

    परराष्ट्र मन्त्रालयको जैशी कोठा र गुन्सी खानाका हाकिम र तत्कालीन परराष्ट्र मन्त्रालयका सचिवसमेतले मुलुकका सन्धि, सम्झौता, कानुनलगायतका महत्वपूर्ण सक्कली सबै काजगात दरबारमा अनिवार्यरुपमा बुझाएका कागजात सो बाकस मा राखिने गरेको जानकारी गराएका थिए । 

    सभापति रामनारायण बिडारीले भने, “किम्वदन्ती मात्रै हो, त्यो बाकस पहिल्यैदेखि नै छैन भने त्यही कुरा गर्न पर्यो, कि यहाँ छ भन्नुपर्यो । होइन भने हरायो भन्नुपर्यो । यो विषयमा सचिवको ध्यानाकर्षण गराएको हुँ ।”

    समितिले हनुमानढोकास्थित बहुमूल्य बस्तु रहेको भनिएको बन्द घरमा के कति कस्ता सामग्री छन् खोलेर हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले हनुमानढोका दरबार क्षेत्रका भूकम्पछिको पुनःनिर्माणका क्रममा थुपारिएका पुराना तर महत्वपूर्ण काठलाई अस्रल्लरुपमा नछोडी यथाशीघ्र व्यवस्थापन गर्न पनि मन्त्रालय पदाधिकारीलाई निर्देशन दिएको छ ।

    सभापति बिडारीले भने, “पन्ध्र दिनभित्र काठ व्यवस्थापनको काम गर्नु पर्यो, त्यो काम फटाफट हुनु पर्यो ।” समितिले केही समयअघि हनुमानढोका, नारायणहिटी, राष्ट्रिय पुस्तकालय, मृगस्थलीस्थित योगी नरहरिनाथ कुटीको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।


    images
    images

    Logo