काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन शेयर बजार ६ प्रतिशत बढेर बन्द भएको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.३१ अंकले घटेर २ हजार ७ दशमलव ६९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १६ स्क्रिपको ४ अर्ब ११ करोड रुपैयाँ बराबरको १ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार ३३ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय १३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको हो। कारोबारमा आएको अन्य उपसमूह्को परिसूचक सर्वाधिक ४.३५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयााको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज गुराँस लघुवित्तको शेयर मूल्य ८.७३ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को शेयर मूल्य ७.८५ प्रतिशतले बढेको छ ।
मंगलबार दुई कम्पनीको शेयर नकारात्मक सर्किट लागेको छ । यस दिन बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयर मुल्यमा नकारात्मक सर्किंट लागेको हो ।



