images
images

पौडेल र अधिकारीले पाउने भए यस वर्षको मोती पुरस्कार


  • 450
    SHARES
  • २०७८ भाद्र १५ गते मंगलबार

    पौडेल र अधिकारीले पाउने भए यस वर्षको मोती पुरस्कार

    काठमाडौं । नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने भएको छ ।

    राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि  ५० हजार रुपैयाँ  र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिए  । 

    गत वर्ष कोभिड–१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उनले बताए । गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो  । 


    images
    images

    Logo