images
images

यी हुन् नेप्से ६ प्रतिशतले बढ्दा पनि घटेका ५ कम्पनीहरु


  • 202
    SHARES
  • २०८० फाल्गुण २१ गते सोमबार

    यी हुन् नेप्से ६ प्रतिशतले बढ्दा पनि घटेका ५ कम्पनीहरु

    काठमाडौं । सोमबार नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ। यस दिन २३७ कम्पनीको शेयर कारोबार भएको थियो। जसमध्ये २३२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ।

    यस दिन घटेका मूल्य घटेका कम्पनीहरुमध्ये ३ म्युचुअल फण्ड रहेका छन् भने दुई लघुवित्त रहेका छन्। यस दिन एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, एनआईबिएल समृद्धि फण्ड २ र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य घटेको हो भने ग्लोबल आइएमई लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्य घटेको हो। यद्यपि, यी कम्पनीहरुको गिरावट दर भने न्यून रहेको छ।

     

     


    images
    images

    Logo