images
images

नेप्सेमा तेस्रो पटक सर्किट ब्रेक, आजको लागि शेयर कारोबार बन्द


  • 223
    SHARES
  • २०८० फाल्गुण २१ गते सोमबार

    नेप्सेमा तेस्रो पटक  सर्किट ब्रेक, आजको लागि शेयर कारोबार बन्द

    काठमाडौं । शेयर बजारमा तेस्रो सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ६ प्रतिशत बढेपछि नेप्सेमा पुनः तेस्रो सर्किट ब्रेक लागेको हो।

    आइतबार कारोबार खुलेको पहिलो ३ मिनेटमानै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो भने १ मिनेटभन्दा कम अवधिमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो। 

    दोस्रो सर्किट पश्चात पनि १ मिनेटभन्दा कम अवधिमानै नेप्से ६ प्रतिशत अथात् ११७.७० अंकले बढेर २०७८  विन्दुले बढेपछि सोमबारको लागि शेयर कारोबार बन्द भएको हो। यसलगत्तै खुलेको बजार एक मिनेट पनि नटिक्दै तेस्रो पटक सर्किट लागेर बन्द हुन पुगेको छ । अब कारोबार मंगलबार मात्र खुला हुनेछ ।

    आज बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। बजारमा उछाल आउँदा २३० वटा कम्पनी कोशेयर मूल्य  बढेको छ भने २ वटाको मात्रै घटेको छ। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ। यो कम्पनीको ४ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

    सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक आज ७.८६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ६.४१ प्रतिशतले, इन्भेष्टमेन्ट बैंक समूह ६.४० प्रतिशतले, लाइफ इन्स्योरेन्स ६.३२ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ६.१३ प्रतिशतले बढेको छ । 

    यस्तै, बैंकिङ समूहको उपसूचक आज ५.९४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ५.५८ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक ५.१५ प्रतिशतले बढेका छन् ।  यसैगरी नन् लाइफ इन्स्योरेन्सको उपसूचक ४ प्रतिशतले बढ्दा आज माइक्रोफाइनान्स र ट्रेडिङ उपसूचक क्रमशः ३.०९ प्रतिशतले र ३.६५ प्रतिशतले बढेका छन् । यता म्युचुअल फण्ड समूहको उपसूचक भने आज ०.१० प्रतिशतले घट्न पुगेको छ । 

    आज कारोबारमा आएका रिडि पावर कम्पनी लि., शिभश्री हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन, मेन्छियाम हाइड्रोपावर, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, एशियन हाइड्रोपावर, बाराही हाइड्रोपावर पब्लिक लि.,जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि र अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

     

    bbbbb.jpg


    images
    images

    Logo