काठमाडौं । शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको हो। कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
बजार १२ बजेर ४ मिनेट जाँदा खुल्नेछ । नेप्से ९८.६९ अंकले बढेर २०५९ विन्दुमा पुगेको छ ।
