images
images

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्बमाथि


  • 242
    SHARES
  • २०८० फाल्गुण २० गते आइतबार

    नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्बमाथि

    काठमाडौं । आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७८ अंकले घटेर १ हजार ९ सय ६० दशमलव ३० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको २ अर्ब ८ करोड रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर किनेबच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम घटेको छ । गत साताको अन्तिम दिन विहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका ६७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७३ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको । बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको ९.७० प्रतिशतले शेयर बढेको छ । एनआइसी एशिया ग्रोथ फण्ड २ को ८.४५ प्रतिशतले बढेको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.८० प्रतिशतले बढेको छ । 


    images
    images

    Logo