images
images

हकप्रद शेयर निष्काशन गर्न पिपुल्स पावरले पायो आयोगको स्वीकृती


  • 276
    SHARES
  • २०८० फाल्गुण २० गते आइतबार

    हकप्रद शेयर निष्काशन गर्न पिपुल्स पावरले पायो आयोगको स्वीकृती

    काठमाडौं । विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगसँग अनुमति मागेको थियो।

    आयोगले फागुन १५ गते कम्पनीलाई सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो अनुपातमा हकप्रद शेयर निष्काशन गरिनेछ।


    images
    images

    Logo