images
images

पाँच घण्टादेखि अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा 


  • 562
    SHARES
  • २०७८ भाद्र १४ गते सोमबार

    पाँच घण्टादेखि अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा 

    काठमाडौ । निरन्तरको वर्षा र पहिरोका कारण  बिहान ५ बजे अवरुद्ध भएको  नागढुंगा–नौबिसे सडकखण्ड  सञ्चालनमा आएको छ। त्रिभुवन राजपथस्थित चिसापानी धारानजिकै पहिरो जाँदा अवरुद्ध भएको सो सडकखण्ड केहीबेर अगाडिदेखि सञ्चालनमा आएको हो।

    पहिरोले अवरुद्ध सडक दुईवटा एक्स्काभेटरको सहायताले ६ घन्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए। 


    पहिराका कारण काठमाडौंतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो। 


    images
    images

    Logo