काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन झिनो अंक घटेर बन्द भएको नेप्से, यस दिन २८ अंकले घटेर बन्द भएको छ।
विहीबार २८.६८ अंकले घटेर १ हजार ९ सय ७२ दशमलव ९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ७४ लाख ४६ हजार कित्ता शेयर किनेवेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
विहीबार कारोबारमा आएका १७ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २० कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावर कम्पनीको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ८ करोड ३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
विहीबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू) रहेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.८६ प्रतिशतले शेयर मूल्य बढेको छ ।



