काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।