images
images

मर्जरको अन्तिम तयारीमा रहेका मानुषी र श्रृजनशील लघुवित्त डिमर्जको प्रकृयामा


  • 344
    SHARES
  • २०८० फाल्गुण १७ गते बिहीबार

    मर्जरको अन्तिम तयारीमा रहेका मानुषी र श्रृजनशील लघुवित्त डिमर्जको प्रकृयामा

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। मानुषीले हाल श्रीजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएकाले ‘डिमर्ज’ प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । 

    यी दुई संस्थाबीच  २०७९ चैत्र २ गते मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। २०८० पौष ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भई २०८० माघ ७ गते राष्ट्र बैंक बैंकमा  मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गर्न निवेदन दिएका थिए ।

    राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउने चरणमा नै रहेको अवस्थामा मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको  वित्तीय संस्थाको  सन्तोषजनक नदेखिएको र यथास्थितिमा मर्जरको प्रक्रिया अगाडी बढाउने अवस्था नदेखिएको भन्दै डिमर्ज गर्ने प्रकृया अगाडी बढाउने निर्णय गरेको हो। 

    यी दुई सस्थाबीच ७३ः१०० को अनुपातमा मर्जरको लागि स्वाप तय भएको थियो । डिडिए रिपोर्टको आधारमा तय भएको शेयर आदान प्रदान अनुपात ७३: १०० अर्थात मानुषी लघुवित्त वित्तीय संस्था लि. र श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. क्रमश ७३ र १०० पारित भएको थियो ।

     

     


    images
    images

    Logo