काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा आज अन्तिम दिनसम्म १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार १० लाख १२ हजार ३ सय ८४ जना आवेदनले ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले फागुन १३ गतेदेखि निष्काशन गरेको आईपीओ आवेदन दिने अन्तिम दिन हो। कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५ सय ३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



