images
images

नेप्सेमा झिनो अंकको गिरावट, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 332
    SHARES
  • २०८० फाल्गुण १६ गते बुधबार

    नेप्सेमा झिनो अंकको गिरावट, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । बुधबार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार बढेर २००१.६४ विन्दुमा पुगेको नेप्से आज ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा पुगेको हो । 

    परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार १ अर्ब ८५ करोड रुपैयाँ बराबर रकमको शेयर कारोबार भएको थियो । उक्त कारोबारमा आज बढोत्तरी भइ २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । 

    आज कारोबारमा आएका कम्पनीहरुमध्ये ७१ वटाको शेयरमूल्य बढेको, १७० वटाको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारका १३ उपसमूहमध्ये होटल एण्ड टूरीजम, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, म्युचुअल फन्ड, ट्रेडिङ इन्डेक्स र अन्यबाहेक अन्य ७ उपसमूहका परिसूचक घटेका छन् । 

    बुधबार कारोबारमा आएका विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु र तराई र बिपीडब्लु लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 


    images
    images

    Logo