काठमडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नबिल बैंक लिमिटेडको कुल ३० लाख कित्ता ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ डिवेन्चर सूचीकृत भएको छ ।
नबिल बैंक लिमिटेडको ७ वर्ष अवधि तथा ९ प्रतिशत व्याजदर भएको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ डिवेन्चर अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल ३० लाख कित्ता ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी मार्फत् खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम २०८० फागुन ८ गतेको निर्णय अनुसार नेप्सेमा सूचीकृत भएको हो ।