काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा तेस्रो दिन अर्थात मंगलबार साँझसम्ममा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ५ लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६ सय १० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले आज फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको हो । कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५ सय ३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गको हो ।
कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



