images
images

नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम १ अर्ब ८६ करोडमा सिमित


  • 342
    SHARES
  • २०८० फाल्गुण १५ गते मंगलबार

    नेप्सेले दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम १ अर्ब ८६ करोडमा सिमित

    काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार टेवा क्षेत्रबाट बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३४ अंकले बढेर २ हजार १ दशमलव ६४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको १ अर्ब ८६ करोड रुपैयाँ बराबरको ५२ लाख ३९ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर भएको थियो । मंगलबार १ सय ४३ कम्पनीको शेयर मूल्य बढेको छ । ८९ कम्पनीको शेयर मुल्य घटेको छ भने १६ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ८ करोड २९ लाख रुपैषँको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू)र बिपिडब्लु लघुवित्त रहेका छन् । सामलिङ पावर कम्पनीको शेयर मूल्य ९.२६ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको शेयर मूल्य ८ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo