काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा दोस्रो दिन अर्थात सोमबार साँझसम्ममा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार ४ लाख ७ हजार ७ सय ११ जनाले २ करोड २२ लाख २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइतबारदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । यसआधारमा दोस्रो दिनमै मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले आज फागुन १३ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।आईपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले यसअघि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।



