images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 1.0K
    SHARES
  • २०८० फाल्गुण १३ गते आइतबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा शाइन रेसुंगा डेभलपमेण्ट बैंक, शिवम सिमेन्ट र नेपाल इन्स्योरेन्स रहेका छन् । 

    शाइन रेसुंगा डेभलपमेण्ट बैंकको १०.५० प्रतिशत बोनसको ४४ लाख ९८ हजार ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, विहीबार शिवम सिमेन्ट को १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै,  नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापत १४ लाख ९४ हजार ७ सय ६६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ । 

     

     

     


    images
    images

    Logo