images
images

निरन्तर छैठौँ दिन पनि घट्यो नेप्से,  कारोवार रकम ३ अर्ब माथि


  • 311
    SHARES
  • २०८० फाल्गुण १३ गते आइतबार

    निरन्तर छैठौँ दिन पनि घट्यो नेप्से,  कारोवार रकम ३ अर्ब माथि

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अंकले घटेर १ हजार ९ सय ७९ दशमलव २ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १७ स्क्रिपको ३ अर्ब ८ करोड रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । विहीबार ३ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार ३८ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४२ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावर कम्पनीको ११ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ११ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू) रहेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावर शेयर मूल्य ८.५५ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य ६.६६ प्रतिशतले बढेको छ । 

     

     

     

     


    images
    images

    Logo