images
images

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय


  • 405
    SHARES
  • २०८० फाल्गुण १३ गते आइतबार

    इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

    इलाम र बझाङमा उपनिर्वाचन हुनेछ। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्य को पद रिक्त छ। 

    इलाम क्षेत्र नम्बर २  बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।  नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

    प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ। त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको २०८० असार २५  गते गाडी दुर्घटनामा निधन भएको थियो । सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

    upa.ele--1708848265.jpg

     

     

     

     

     

     


    images
    images

    Logo