काठमाडौं । अरुण काबेली जलविद्युत् कम्पनीका २ सञ्चालकले राजीनामा दिएका छन् । गुरु न्यौपाने अध्यक्ष रहेको सो कम्पनीको सञ्चालक समितिमा रहेका मिलन खड्का र इन्द्रमणि त्रितालले राजीनामा दिएका हुन् ।
उनीहरुले दिएको राजीनामा शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ । खड्का सर्वसाधारण शेयरधनीबाट निर्वाचित सञ्चालक थिए भने त्रिताल स्वतन्त्र सञ्चालक रहेका थिए ।