काठमाडौं । स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको ७ प्रतिशत बोनश बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ९१ रुपैयाँ ६८ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ३३ रुपैयाँ १० पैसामा भएको थियो ।