काठमाडौं । २ लघुवित्तले शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फागुन २४ गतेदेखि १५ रोक्का हुने भएको छ ।
यी दुई लघुवित्तले मर्जर प्रकृया पुरा गरी फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएकाले सोही दिनदेखि १५ दिनका लागि कारोबार राक्का हुने कम्पनीले जनाएको छ ।
२४ गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि आज एक दिनका लागि दुवै कम्पनीको शेयर कारोबार बन्द गर्न निर्णय गरेको जनाएको छ ।