काठमाडौं । दुई कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार घलेम्दी हाइड्रोपावरको हकप्रद शेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकतृ गरेको हो ।
जसमा मितेरी डेभलपमेन्ट बैंकको ९ लाख ६४ हजार २ सय ५२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने घलेम्दी हाइड्रोपावरको १ करोड १० लाख कित्ता हकप्रद शेयर भएको छ ।
घलेम्दी हाइड्रोपावरले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको २०० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। दुवै कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।