images
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 430
    SHARES
  • २०८० फाल्गुण १० गते बिहीबार

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोली (फागुन ११ गते) र स्वरोजगार लघुवित्तले फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ।

    यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी कम्पनीका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

    त्यस्तै, स्वरोजगार लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     

     


    images
    images

    Logo