images
images

नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब २४ करोड 


  • 395
    SHARES
  • २०८० फाल्गुण ९ गते बुधबार

    नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम २ अर्ब २४ करोड 

    काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको विहीबारदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४६ अंकले घटेर २ हजार २६ दशमलव ५९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १३ स्क्रिपको २ अर्ब २४ करोड रुपैयाँ बराबरको ६३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार ८० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।

    कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन प्रशोधन बाहेक अन्य सबै उपमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ०.८८ प्रतिशतले घटेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड २६ लाख रुपैयाँ शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको ६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजू), हिमालयन उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, बोटलर्स नेपाल (तराई) को शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर मुल्य ८.५० प्रतिशतले बढेको छ । 





    images
    images

    Logo