काठमाडौं । कमेडियन भरतमणि पौडेलको धमाकेदार प्रस्तुति नसकिँदै योगशे भट्टराईले ट्वीट गरेका छन् । कमेडी च्याम्पियनको सेमी फाइनलमा कमेडियन भरतमणि पौडेलले पारस शाहको क्यारिकेचर गरेका थिए ।
योगेशले भनेका छन्, ‘आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् (पाथिभरा) को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भुगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रव्यापी बनाउन सफल भएका छन । राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ । बधाई !’
