काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्चेञ्ज (नेप्से) १.७६ अंकले घटेर २ हजार ३३ दशमलव ६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ३ अर्ब ११ करोड बराबरको ९३ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार ९० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५० कम्पनीको शेयर मुल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन बढेको हो।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, साना किसान विकास बैंकको १२ करोड ४० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । जोशी हाइड्रोपावर कम्पनीको ८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त रहेका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ ३ को शेयर मुल्य ८ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावरको शेयर मूल्य ७.९२ प्रतिशतले बढेको छ ।



