images
images

नागरिकताका कारण शिक्षाबाट वञ्चित एउटा परिवारको कथा


  • 440
    SHARES
  • २०७८ भाद्र १२ गते शनिबार

    नागरिकताका कारण शिक्षाबाट वञ्चित एउटा परिवारको कथा

    भक्तपुर । सुनसरी बराहा क्षेत्रकी रश्मी भट्टराई (४५) ले १६ वर्षकै उमेरमा प्रेम विवाह गरिन् । उनको वैवाहिक जीवन राम्रै चलेको थियो । रश्मीका पति भोजपुर घर बताउने राजेन्द्र थापाले भने कहिल्यै आफन्त, घर परिवारलाई चिनाउने, घर लैजाने कार्य भने कहिल्यै गरेनन् । दुई छोरी नेहा र निष्ठालाई समेत घर, आफन्त चिनाएनन् । घर आफन्त त चिनाएनन् के भयो र परिवार प्रतिको जिम्मेवार बहन भएकै छ भन्ने लागेर रश्मी पनि चुप रहिन् ।

    परिवारकै सपना बोकेर राजेन्द्र वैदेशिक रोजगारका लागि दुबई गए । दुबईबाट ३ वर्षमा स्वदेश फर्के । वैदेशिक रोजगारबाट ल्याएको कमाइले भक्तपुर नगरपालिका च्याम्हासिंहस्थित ५ आना क्षेत्रफलको जग्गा किनेर घर समेत बनाए । 

    घर बनाएको केही वर्ष मै थापा पारिवारिक सम्पर्कबाट बेपत्ता भए । रश्मीले पतिको खोजीका लागि धेरै ठाउँमा गुहार गरिन् तर, कतै पत्ता लागेन । पति बेपत्ता भएपछि दुई छोरीको लालनपालन, शिक्षा दिक्षाको जिम्मेवारी रश्मीको काँधमा थपियो । 

    छोरीहरु नेहा र निष्ठाले भक्तपुर कमलविनायकस्थित समता स्कुलबाट एसईई परिक्षा उतीर्ण गरे । जेठी छोरी निष्ठाले ग्ल्यासियर इन्टरनेशनल कलेजबाट माध्यामिक शिक्षा उतीर्ण गरी सिभिल इञ्जिनियरिङ तेस्रो सेमेस्टरमा अध्ययनरत छिन् भने, कान्छी छोरी निष्ठाले बासु माध्यामिक विद्यालयबाट १२ उतीर्ण गरेर उच्च शिक्षाको तयारीमा छिन् ।

    निष्ठालाई बीएसई नर्सिङ पढ्ने धोको छ । बुबा बेपत्ता भएको र आमाको नामबाट नागरिकता नपाउँदा निष्ठा बीएसई नर्सिङ पढ्नबाट बञ्चित हुनु परेको छ । ‘मेडिकल विषयमा अध्ययन गर्न नागरिकता चाहिन्छ, म सँग नागरिकता छैन,’ निष्ठाले गुनासो गरिन्, ‘नागरिकता नहुँदा बीएसई नर्सिङका लागि कलेज भर्ना हुन पाइन् ।’   

    ंसुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल संविधानमा आमाको नामबाट नागरिकता बन्ने उल्लेख भएपनि नागरिकता ऐन संसदबाट पारित हुन नसक्दा आमाको नामबाट नागरिकता दिन नसक्ने बताए ।   


    images
    images

    Logo