images
images

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त


  • 296
    SHARES
  • २०८० फाल्गुण ६ गते आइतबार

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका प्रसाद भट्ट नियुक्त

    काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको थियो । तीन जनामध्ये भट्टसहित डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका थिए । 

    निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली छ । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली प्रकाशन गरेको थियो ।


    images
    images

    Logo