काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अंकले बढेर २ हजार ३४ दशमलव ८२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका २१ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २५ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीको शेयर मल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभनदा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १० करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय रहेका छन् । त्यस्तै, किसान लघुवित्तको शेयर मूल्य ८.२२ प्रतिशतले बढेको छ । यूनियन हाइड्रोपावरको शेयर मूल्य ६ प्रतिशतले बढेको छ ।



