images
images

भारतले खुलायो प्याज निर्यातमा लगाइएको प्रतिबन्ध


  • 307
    SHARES
  • २०८० फाल्गुण ६ गते आइतबार

    भारतले खुलायो प्याज निर्यातमा लगाइएको प्रतिबन्ध

    काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुला गर्ने भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्यात खुलाउने उल्लेख गरेको हो ।

    भारतमा प्याजको मूल्य बढ्न थालेपछि गत वर्ष डिसेम्बर ८ बाट निर्यातमा रोक लगाइएको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्टदेखि नै नेपाली बजारमा प्याजको मूल्य बढेर दोब्बर पुगेको थियो । प्याजको कालोबजारी भएको हुनसक्ने आशंका गर्दै उक्त समयमा चीनबाट नेपालमा प्याज आयात गरिएको थियो । चीनबाट प्याज आएलगत्तै नेपालमा प्याजको मूल्य झण्डै ५० प्रतिशतले घटेको थियो । 

    भारतले उक्त प्रतिबन्धको समयसीमा आउँदो मार्च ३१ सम्म थियो ।  तर, तोकिएको समयसीमाभन्दा अगावै भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।


    images
    images

    Logo