images
images

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर , ६५ जनाको जग्गा जफत हुने


  • 491
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर , ६५ जनाको जग्गा जफत हुने

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अदालतले १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार यस्तो फैसला सुनाएको हो ।

    विशेष अदालतले ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने १२ जनालाई दोषी ठहर गरेको हो । त्यस्तै राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।

    विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई पनि अदालतले दोषी ठहर गरेको छ ।

    ठहर भएका १२ जनालाई ९ करोड रुपैयाँ दामासाही जरिबाना र २ वर्ष कैदको फैसला सुनाएको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले चार वर्षअघि अर्थात् २०७६ माघ २२ गते १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०७६ माघ २२ गते दर्ता भएको मुद्दाको २०८० माघ २ गतेबाट सुनुवाई सुरु भएको थियो । निरन्तर २३ दिनको लगातार सुनुवाईपछि अदालतले आज फैसला सुनाएको हो ।

    जग्गा हिनामिनासम्बन्धी मुद्दामा तत्कालीन मन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठले भने सफाई पाएका छन् । अदालतले अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविलाल पन्तलाई २ वर्ष कैद र जनही ८० लाख ४८ हजार जरिवानाको फैसला सुनाएको छ ।

    ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो र जरिवाना तथा ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।

     


    images
    images

    Logo