images
images

राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन


  • 278
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको नाममा १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगले फागुन ४ गतेको निर्णयअनुसार बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

    आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दलहरूलाई विधान, पार्टीका नाम, झण्डा, छाप, पदाधिकारी, सदस्य, पार्टीको हिसाबसहितका विषयप्रति सचेत गराउँदै १५ बुँदे निर्देशन दिएको हो । 

    आयोगले दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएको भए ३० दिनभित्र जानकारी गराउन निर्देश गरेको छ । 

    आयोगले दलको सदस्यता वितरण गर्दा र केन्द्रीय समितिलगायत अन्य समितिहरूमा पदाधिकारी तथा सदस्यको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा योग्यता पुगे नपुगेको निर्क्योल गर्न र सदस्यता वितरणको अद्यावधिक गर्न उक्त निर्देशन पत्र मार्फत् सूचित गराइएको छ । नियुक्ति र मनोनयन समावेशी सिद्धान्त अनुसार गर्न, दलको संघीय र प्रदेश तहका समितिमा रहने प्रत्येक पदाधिकारीको पद विधानमा किटान गरी तोक्ने समेत आयोगले निर्देशन दिएको छ । 

    विधानको संशोधन गरी सोही व्यवस्था बमोजिम केन्द्रीय कार्यकारिणी समितिलगायत अन्य समितिहरूको हेरफेर गरी विधानको संशोधन र केन्द्रीय कार्यकारिणी समितिको अद्यावधिक गर्न एकै पटक आयोगमा पेस नगर्न पनि आयोगले निर्देशन दिएको छ । 

    यस्तै, आयोगबाट अद्यावधिक भएपछि मात्र त्यसका आधारमा केन्द्रीय कार्यकारिणी समितिमा हेरफेर गरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि पेस गर्न पनि निर्देश गरिएको छ । 

    आयोगले आधुनिक नेपाल समाजवादी पार्टीलाई मौका दिएको जनाएको छ । सो पार्टीले केन्द्रीय पादाधिकारी र सदस्यको निर्वाचन नगरेकाले आयोगबाट जरिवाना गर्ने निर्णय भएको, तर आयोगबाट भएको जरिवाना हालसम्म पनि नबुझाएकोले बुझाउन एकपटक मौका दिइएको छ ।

    अब पनि जरिवाना नबुझाएमा कानुनबमोजिम दल दर्ता खारेजको प्रक्रिया अगाडि बढाउने चेतावनी आयोगले दिएको छ । 

     


    images
    images

    Logo