काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन करिब ६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४६ अंकले घटेर २ हजार ६२ दशमलव ३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ कम्पनीको ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको १ करोड १४ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबामा आएका ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ६३ कम्पनीको शेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो। बुधबार सर्वाधिक बढेको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, छ्याङदी हाइड्रोपावरको शेयर मूल्य ८.०१ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावरको शेयर मुल्य ७ प्रतिशतले बढेको छ ।



