images
images

२ कम्पनीले माग्यो आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति


  • 424
    SHARES
  • २०८० फाल्गुण ३ गते बिहीबार

    २ कम्पनीले माग्यो आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

    काठमाडौं । आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । अनुमति माग गर्नेमा हिम रिभर पावर र पियोर इनर्जी रहेका छन् । 

    हिम रिभर पावरले १०० रुपैयाँ अंकित दरका कुल १३ करोड ३० लाख बराबरको १३ लाख ३० हजार कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

    त्यस्तै,  पियोर इनर्जीले १०० रुपैयाँ अंकित दरका कुल १६ करोड बराबरको १६ लाख कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

    दुई कम्पनीले बोर्डबाट अनुमति पाएपछि आईपीओे निष्काशन गर्ने छ । 

     


    images
    images

    Logo