images
images

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, १ हजार ९५ जना लिइने, कुन पदमा कति ?


  • 1.3K
    SHARES
  • २०७८ भाद्र ११ गते शुक्रबार

    सशस्त्र प्रहरीमा भर्ना खुल्यो, १ हजार ९५ जना लिइने, कुन पदमा कति ?

    काठमाडौं । सशस्त्र प्रहरीमा भर्ना खुलेको छ । विभिन्न ४ पदमा कुल १ हजार ९५ जनाका लागि सशस्त्रले भर्ना खुला गरेको हो । 

    सोमध्ये प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ७५ जना, प्रहरी सहायक निरीक्षक (असई) मा १ सय ३७ जना, प्रहरी जवानमा ७ सय ५५ जना र प्रहरी परिचरमा कुल १ सय २८ जना माग गरिएको छ । 

    उक्त संख्यामध्ये खुलातर्फ कुल ५ सय ८९ जना र समावेशीतर्फ ५ सय ६ जना रहेका छन् । २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका व्यक्तिले सो पदमा आवेदन दिन पाउनेछन् । निरीक्षाकका लागि कम्तीमा स्नातक, सहायक निरीक्षकका लागि न्यूनतम कक्षा १२ र जवानका लागि कम्तप्मा कक्षा ८ उर्तीण गरेको हुनु पर्ने उल्लेख गरिएको छ ।  

    armed-police.PNG


    images
    images

    Logo