images
images

आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित


  • 359
    SHARES
  • २०७८ भाद्र १० गते बिहीबार

    आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

    काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच ३ बुँदे सहमति भएको छ । भाडा वृद्धि लगायतका विभिन्न माग गर्दै आन्दोलन आएको महासंघ र निगमबीच बिहीबार उक्त सहमति भएको हो । योसँगै महासंघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । 

    निगम र महासंघ बीचको सहमति अनुसार प्राविधिक कमिटीको सुझाव अनुसार मर्मत सम्भार खर्च लगायत अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरु यकीन गरी भाडा सुत्रमा समायोजन गर्ने सहमति भएको छ । 
    त्यस्तै, निगमबाट समायोजन हुन बाँकी रहेको खर्चहरु समेत एकीन गरी भाडादर समायोजन गर्ने तथा महामारीका कारणहवाई यातायातमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न व्यवसायीसाग् छलफल गरी समस्या समाधानका उपाय अबलम्बन गर्ने सहमति समेत भएको छ ।

     


    images
    images

    Logo