काठमाडौं । आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । अनुमति माग गर्नेमा स्वस्तिक लघुवित्त वित्तीय संस्था र कालिञ्चोक हाइड्रोपावर रहेका छन् ।
स्वस्तिक लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
त्यस्तै, कालिञ्चोक हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ। कालिञ्चोक हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
दुई कम्पनीले बोर्डबाट अनुमति पाएपछि आईपीओे निष्काशन गर्ने छ ।