images
images

सर्वसाधारणलाई आईपीओ निष्काशनको लागि रिलायन्स स्पिनिङ मिल्सले माग्यो बोर्डसँग अनुमति


  • 434
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    सर्वसाधारणलाई आईपीओ निष्काशनको लागि रिलायन्स स्पिनिङ मिल्सले माग्यो बोर्डसँग अनुमति

    काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । यस अघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गरेको हो । अव कम्पनीले सर्वसाधारणलाई शेयर ल्याउन माघ २३ गते बोर्डसँग अनुमति मागेको हो।

    कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको साधारण शेयर ल्याउन लागेको छ। जसअनुसार कम्पनीले १९ लाख २६ हजार ६ सय कित्ता शेयर जारी गर्नेछ।

    कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेको थियो।

    कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। जसअनुसार कटअफ प्राइस तय भएको छ।

    बुक बिल्डिङ विधिअनुसार अब कम्पनीले सर्वसाधारणलाई कटअफ प्राइसमा १० प्रतिशत छुट दिई आइपीओ बिक्री खुलाउनुपर्ने हुन्छ। यस हिसाबमा सर्वसाधारणलाई यो कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँ आइपीओ खुलाउन सेबोनसँग अनुमति मागेको छ।

    सेबोनले अनुमति दिएमा कम्पनीले यही मूल्यमा सर्वसाधारणका लागि बाँकी रहेको ६० प्रतिशत ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर बिक्रीमा ल्याउनेछ।

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ।

     

     


    images
    images

    Logo