images
images

आज बजेटको अर्ध वार्षिक समीक्षा गर्दै मन्त्रालय 


  • 271
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    आज बजेटको अर्ध वार्षिक समीक्षा गर्दै मन्त्रालय 

    काठमाडौं । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि सोमबार पत्रकार सम्मेलन गर्न लागेको छ।

    मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो।अर्थमन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए।

    कुल १७ खर्ब ५१ अर्ब बजेट तय गरिएकोमा ११ खर्ब ४१ अर्ब ७८ करोड साधारण तथा प्रशासनिक खर्चको लागि छुट्याईएको थियो । पूँजीगत खर्चको लागि  ३ खर्ब २ अर्ब ७ करोड छुट्याईएको थियो । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट छुट्याईएको थियो । 

    १७ खर्ब ५१ अर्ब कुल बजेटमध्ये सरकारले आगामी आर्थिक वर्ष राजश्वबाट १२ खर्ब ४८ अर्ब उठाउने लक्ष्य लिएको थियो भने वैदेशिक अनुदान बापत ३९ अर्ब आउने लक्ष्य राखेको थियो। त्यस्तै राजश्व र बैदेशिक अनुदानबाट पनि अपुग भएको ४ खर्ब ५२ अर्ब रुपैयाँ वैदेशिक र आन्तरिक ऋण मार्फत उठाउने योजना मन्त्री महतले पेश गरेका थिए । वैदेशिक ऋणमार्फत २ खर्ब १२ अर्ब र अपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋणमार्फत पूर्ति गरिने उल्लेख थियो।


    images
    images

    Logo